फ्रिजमा राख्न नहुने यी ८ खानेकुरा, यस्तो छ कारण !

फ्रिजमा राख्न नहुने यी ८ खानेकुरा

आजकल मानिसहरू जे खानेकुरा पनि फ्रीजमा राख्न थालेका छन् । खानेकुराहरू फ्रीजमा राख्दा ताजा बस्छ भनेर उनीहरूले यसो गरेका हुन् । तर फ्रीजले खानेकुराको स्वाद बिगारिदिन पनि सक्छ ।

तर फ्रीजमा सबै किसिमका खानेकुरा राख्नु हुँदैन । तपाईंको फ्रीजमा यी खानेकुरा छन् भने निकालिहाल्नुस् ।

पाउरोटी
पाउरोटी फ्रीजमा राख्दा ताजा बस्ला भन्ने हामीलाई लाग्छ तर खासमा त्यो त्यहाँ सुक्छ । त्यसलाई ब्रेड बक्स वा भान्साको दराजमा राख्नुस् ।

लसुन
फ्रीजमा लसुन राख्दा त्यसको स्वाद घट्छ र अरू सबै कुरामा लसुनकै गन्ध आउँछ ।

आलु
चिसोले आलुको स्टार्चलाई चिनी बनाइदिन्छ जसका कारण आलुको प्राकृतिक स्वाद हराउँछ ।

गोलभेंडा
फ्रीजमा गोलभेंडा राख्दा त्यो गिलो हुन्छ र स्वाद हराउँछ ।

प्याज
फ्रीजमा प्याजको पनि स्वाद बिग्रन्छ ।

मह
फ्रीजबाहिर नै महको दीर्घजीवन हुन्छ । त्यसलाई फ्रीजमा राख्दा त्यो क्रिस्टल बन्छ र फैलाउन मिल्दैन । फ्रीजमा राखेर मह नबिगार्नुस् ।

नकाटिएको खरबुजा
सग्लो खरबुजालाई फ्रीजमा राख्दा एन्टीअक्सिडेन्टहरू हराउँछन् । खरबुजाका गुणहरूलाई जीवित राख्न चाहनुहुन्छ भने फ्रीजमा नराख्नुस् ।

स्याउ
स्याउलाई फ्रीजमा राख्नुभन्दा बाहिर नै छायाँ परेको ठाउँमा राख्दा राम्रो र स्वादिलो हुन्छ ।

बेकरी आइटमहरू, भित्र कोया भएका फलफूल, केरा र तेल पनि फ्रीजमा राख्नुहुँदैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार