नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको सदस्यमा साउद र धामी मनोनीत !

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको सदस्यमा साउद र धामी मनोनित
प्रकाशित : :

 धनगढीः नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा राज कुमार साउद र टेकसिंह धामी मनोनीत भएका छन्। शनिवार धनगढीमा बसेको महासंघको बैठकले साउद र धामीलाई सदस्यमा मनोनीत गरेको हो ।

सदस्यमा मनोनीत हुने साउद अत्तरिया खबरका सञ्चालक हुने भने धामी सुदूर पत्रका सह-सम्पादक तथा थाहा खबरका संवाददाता हुन् ।

सदस्य मनोनीत गर्दै महासंघले नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेको छ । शुभकामना आदानप्रदान गर्दै महासंघलाई थप सशक्त बनाउनुपर्ने अध्यक्ष पाण्डव पुजाराले बताए । उनले नयाँ वर्षमा थप कार्यक्रम तथा योजनाका साथ महासंघ अगाडी बढ्ने बताए ।

साथै नेपाल फोटो पत्रकार महासंघ कैलालीको नियमित बैठकमा नयाँ वर्षको शुभकामना आदान प्रदान सँगै आगामी दिनमा स्थानीय निकायसँग सहकार्य गर्दै निकट भविश्वमै फोटो पर्दशनी गर्ने निष्कर्मा पुगेको छ । विभिन्न स्थानीय निकायमा स्थलगत अनुगमन सँगै पर्यटन विकास , प्रचार प्रसार र संवृद्धिका लागि फोटो पत्रकारहरूलाई तालिम दिई फोटो पर्दशनी गर्ने कुरा सचिव दिनेश विष्टले बताएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट