दार्चुला: दार्चुला तिङ्कर सडक अन्तर्गत पर्ने राताकाठा भिरमा जिप दुर्घटना भएको छ । शनिवार जिल्ला सदरमुकाम खलङ्गाबाट दुहु गाउँपालिका वडा नम्बर ३ तिमुरबाटा तर्फ गइरहेको से १ ज ९११ नम्बरको जिप बेलुकी करिब साढे सात बजेतिर दुर्घटना भएको हो ।
जिप दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिप चालक सहित ५ जना सवार थिए । ऊनीहरू सकुशल रहेको तथा जिप सडकबाट २५० मिटर तल नदी किनारमा खसेको बताइएको छ ।