धनगढी: सुदूर पश्चिमाञ्चल यातायात मजदुर भलाइ कोषले आफ्नो ३२ औँ स्थापना दिवसको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ
कोषले आफ्नो ३२ औँ स्थापना दिवसको अवसरमा धनगढीमा विगत लामो समय देखी असाहयहरुको सहारा बनिरहेको दृष्टि फाउन्डेसनलाई २१ हजारको चेक र खाद्य सामाग्री सहयोग गरेको छ ।
उक्त सहयोग कार्यक्रममा सुदूर पश्चिमाञ्चल यातायात मजदुर भलाइ कोषका अध्यक्ष मुरली धर बोहरा, दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट, केशवराज पन्त लगायत अन्य संस्थाका पदाधिकारी हरू को उपस्थिति रहेको थियो ।