धनगढीः जिल्ला संकट ब्यस्थापन समितिले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र लगायतका सबै शैक्षिक संस्थाहरू वैशाख ३१ गते सम्म सञ्चालन नगर्ने लगायतका २५ निर्णय गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीमा आज बसेको बैठकले कोरोना रोकथामको लागी विभिन्न २५ वटा निर्णय गरेको हो ।
बैठकले भारतबाट फर्किनेहरूलाई गौरीफन्टा सीमा नाका र गड्डा चौकी नाकामा स्वास्थ्य चेक गरी सम्बन्धित पालिकाहरूमा पठाउने, विगतमा सञ्चालित आइसोलेसन, क्वारेनटाइनलाई फेरी सक्रिय बनाउने, छोटो दुरीका सवारी साधनहरूलाई कैलाली कञ्चनपुरमा जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने , होटेल रेस्टुरेन्ट बिहान ८ बजे देखी राती ८ बजे सम्म मात्रै सञ्चालन गर्ने दिने लगायतका २५ निर्णय गरेको छ ।
यस्ता छन् जिल्ला संकट ब्यस्थापन समितिले गरेका २५ निर्णय: