यस्ता छन्, कैलाली-कञ्चनपुरमा जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्ने लगायतका २५ निर्णय !

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र लगायतका सबै शैक्षिक संस्थाहरू वैशाख ३१ गते सम्म सञ्चालन नगर्न निर्णय

कैलाली कन्चनपुर
जिल्ला संकट ब्यस्थापन समितिको बैठक
धनगढीः  जिल्ला संकट ब्यस्थापन समितिले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र लगायतका सबै शैक्षिक संस्थाहरू वैशाख ३१ गते सम्म सञ्चालन नगर्ने लगायतका २५ निर्णय गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीमा आज बसेको बैठकले कोरोना रोकथामको लागी विभिन्न २५ वटा निर्णय गरेको हो ।
बैठकले भारतबाट फर्किनेहरूलाई गौरीफन्टा सीमा नाका र गड्डा चौकी नाकामा स्वास्थ्य चेक गरी सम्बन्धित पालिकाहरूमा पठाउने, विगतमा सञ्चालित आइसोलेसन, क्वारेनटाइनलाई फेरी सक्रिय बनाउने, छोटो दुरीका सवारी साधनहरूलाई कैलाली कञ्चनपुरमा जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने , होटेल रेस्टुरेन्ट बिहान ८ बजे देखी राती ८ बजे सम्म मात्रै सञ्चालन गर्ने दिने लगायतका २५ निर्णय गरेको छ ।
यस्ता छन् जिल्ला संकट ब्यस्थापन समितिले गरेका २५ निर्णय:

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार