धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुस्टी भएको छ ।
आइतबार कोरोना परिक्षणका लागी स्वाव संकलन गरिएकोमा मंगलबार परिक्षण रिपोर्ट आएको थियो । जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुमा कोरोनाको शंका देखिएपछि परिक्षण गर्दा २० जनामा पुस्टी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक भरत चौधरीले जानकारी दिए ।
कोरोना पुस्टी भएका थुनुवाहरुलाई छुट्टै राखिएको छ । हिरासतमा रहेका अन्य थुनुवाहरकोपनि पिसिआर परिक्षणको तयारी भइरहेको चौधरीले बताए । साथै थुनुवाहरुको सम्पर्कमा आएका प्हरीहरकोपनि पिसिआर परिक्षण गरिन लागेको उनले बताए ।