कैलाली हिरासतमा रहेका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि

जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुस्टी भएको छ ।

आइतबार कोरोना परिक्षणका लागी स्वाव संकलन गरिएकोमा मंगलबार परिक्षण रिपोर्ट आएको थियो । जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुमा कोरोनाको शंका देखिएपछि परिक्षण गर्दा २० जनामा पुस्टी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक भरत चौधरीले जानकारी दिए ।

कोरोना पुस्टी भएका थुनुवाहरुलाई छुट्टै राखिएको छ । हिरासतमा रहेका अन्य थुनुवाहरकोपनि पिसिआर परिक्षणको तयारी भइरहेको चौधरीले बताए । साथै थुनुवाहरुको सम्पर्कमा आएका प्हरीहरकोपनि पिसिआर परिक्षण गरिन लागेको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार