काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो ।
दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ ।