धनगढीः कैलालीमा लकडाउनको पाचौं दिन पनि निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको छ । सोमबार जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार १ सय ३९ सवारी साधनलाई होल्ड गरिएको हो ।
जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराका अनुसार ठुला साना सवारी साधन गरी १ हजार १ सय ३९ सवारीलाई होल्ड गरी सम्झाई बुझाई छोडिएको छ । भने १० बटा सवारीलाई कारबाही गरिएको छ ।
कारबाहीमा परेका सवारीबाट ६ हजार राजस्व संकलन गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।