कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ११३९ सवारीलाई कारबाही, ६ हजार राजस्व संकलन 

१२ वटा सवारी साधनलाई कारबाही
फाइल तस्बिर
धनगढीः कैलालीमा लकडाउनको पाचौं दिन  पनि निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको छ । सोमबार जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार १ सय ३९ सवारी साधनलाई होल्ड गरिएको हो ।
जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराका अनुसार ठुला साना सवारी साधन गरी १ हजार १ सय ३९  सवारीलाई होल्ड गरी सम्झाई बुझाई छोडिएको छ । भने १० बटा सवारीलाई कारबाही गरिएको छ ।
कारबाहीमा परेका सवारीबाट ६ हजार राजस्व संकलन गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार