धनगढी: सुदूरपसिश्चमको अस्थायी राजधानी धनगढीमा अवस्थित कैलाली अस्पतालले आइसियु र एनआसियु सेवा सञ्चालनमा ल्याएको छ ।
कैलाली अस्पताल प्रा.लिले पत्रकार सम्मेलनको आयोजना गर्दै ५ बेडको एनआईसियु र ८ बेडको आइसियु सेवा सुचारु गरेको जानकारी दिएको हो ।
कैलाली अस्पतालका संस्थापक जनकराज जोशीले अब कैलाली अस्पतालमै अन्य अस्पतालको तुलनामा सस्तो र सुलभ आइसियु र एनआसियु सेवा मार्फत उपचार पाउने जानकारी दिनुभएको छ ।
साथै यही असार १ गते मङ्गलवारबाट कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै अस्पतालले प्रदान गर्ने सम्पूर्ण स्वास्थ्य सेवाहरू नियमित दिइरहेको समेत अस्पतालले जनाएको छ ।
कैलाली अस्पतालले विगत लामो समय देखी विभिन्न बिरामीहरूलाई सस्तो सुलभ अनि विश्वसनीय स्वास्थ्य सेवा दिँदै आइरहेको छ ।