कैलाली अस्पतालले सुरु गर्‍यो ८ बेडको आइसियु र ५ बेडको एनआईसियु सेवा !

५ बेडको एनआईसियु र ८ बेडको आइसियु सेवा सुचारु

Kailalai Aspatal

धनगढी: सुदूरपसिश्चमको अस्थायी राजधानी धनगढीमा अवस्थित कैलाली अस्पतालले आइसियु र एनआसियु सेवा सञ्चालनमा ल्याएको छ ।

कैलाली अस्पताल प्रा.लिले पत्रकार सम्मेलनको आयोजना गर्दै ५ बेडको एनआईसियु र ८ बेडको आइसियु सेवा सुचारु गरेको जानकारी दिएको  हो ।

कैलाली अस्पतालका संस्थापक जनकराज जोशीले अब कैलाली अस्पतालमै अन्य अस्पतालको तुलनामा सस्तो र सुलभ आइसियु र एनआसियु सेवा मार्फत उपचार पाउने जानकारी दिनुभएको छ ।

साथै यही असार १ गते मङ्गलवारबाट कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै अस्पतालले प्रदान गर्ने सम्पूर्ण स्वास्थ्य सेवाहरू नियमित दिइरहेको समेत अस्पतालले जनाएको छ ।

कैलाली अस्पतालले विगत लामो समय देखी विभिन्न बिरामीहरूलाई सस्तो सुलभ अनि विश्वसनीय स्वास्थ्य सेवा दिँदै आइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार