धनगढी: नेकपा एमालेको ओलीनिकट युवा सङ्घ नेपालले धनगढीमा विरोध प्रदर्शन गरेको छ।
वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हित विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुहरुको विरोधमा युवा सङ्घ उत्रिएको हो।
प्रदर्शनकारीहरुले माधव नेपाललाई सघाएर देउवालाई विश्वासको मत दिने डोटीबाट निर्वाचित सांसद प्रेम आले मगर र कैलालीबाट समानुपातिक सांसद रहेकी लक्ष्मी चौधरीविरुद्ध नाराबाजी गरेका हुन्।