काठमाडौ: अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमाले नेता माधव नेपाल र सांसद नारदमुनि राना बिच भनाभन भएको छ। माधव नेपालले ओली पक्षीय सांसद रानालाई प्रतिगमनको मतियार भएर समितिमा नबस्न भनी अभद्र व्यवहार गरे पछि बैठकमा भनाभन भएको हो।
प्रतिनिधिसभा पुनर्स्थापना र माधव नेपाललगायतका सांसदहरूको व्यवहारप्रति रानाले आपत्ति जनाएपछि नेपालले उनलाई प्रतिगमनको मतियार भएर नबस्न भनेका हुन्।
आइतबार बसेको बैठकमा ओली पक्षका सांसद र सत्तापक्षीय गठबन्धनका सांसदहरूबीच भनाभन भएको हो।