काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयको विरोध गर्दै तत्काल निर्णय सच्याउन माग गरेको छ।
बुधबार एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार गरेको भन्दै यसले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि गरेको बताए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको थियो।







You must be logged in to post a comment.