भूमिसम्बन्धी आयोग विघटन गर्ने निर्णय सच्याउन एमालेको माग

आयोग विघटन गर्ने सरकारको निर्णयको विरोध

Pradeep Gyawali

काठमाडौँ:  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयको विरोध गर्दै तत्काल निर्णय सच्याउन माग गरेको छ।

बुधबार एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार गरेको भन्दै यसले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि गरेको बताए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार