बैतडी: बैतडीको पाटन नगरपालिकामा साउन महिनाभित्रै दोस्रो पटक तालाबन्दी गरिएको छ। जनप्रतिनिधि र कर्मचारीका कामकार्वाहीप्रति नागरिक रुष्ट बन्दै गएपछी आइतबार फेरि अनिश्चितकालीन तालाबन्दी गरिएको हो।
नगरभित्रका विभिन्न विद्यालयमा आवद्द बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले आफुहरूको तलब नगरपालिकाले बृद्धि नगरेको भन्दै नगर कार्यपालिकाको मुल गेटमै तालाबन्दी गरेका हुन्।
नगर कार्यपालिकामा यसअघि साउन १७ गते पनि केही स्थानीय युवाहरुले गुरूडा–भासु– जडाकोट ३ नम्बर वडा कार्यालय जोड्ने सडक निर्माण योजनाको विषयलाई लिएर तालाबन्दी गरेका थिए।