धनगढी: बुधबारेदेखि सञ्चालन भएको “राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान” अन्तर्गत कैलालीमा ४७५ बोटबिरुवाहरू वृक्षारोपण गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित देवरिया सामुदायिक वनमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियान कैलालीमा पनि सुरुआत गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतको प्रहरी कार्यालयहरूले ४७५ बोटबिरुवाहरू वृक्षारोपण गरेको हुन । वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट र धनगढी उपमहानगरपालिका-७ का वडाध्यक्ष सिताराम रानाको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
यस्तै देवरिया सामुदायिक वनका अध्यक्ष भजन राना र स्थानीय भीम पडाल लगायत ४० जनाको प्रहरी टोलीले विभिन्न प्रजातिका ३०० वटा बोटबिरुवाहरू वृक्षारोपण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।