काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।
गृहमन्त्रको सरकारी निवास पुलचोकमै पुगेर विश्वकर्माले गृहमन्त्रीसँग भेटेका हुन् ।
भेटवार्तामा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । छलफमा चाँडै शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउने विषयमा सरकार सकारात्मक भएको गृहमन्त्रीले बताएका छन् ।