दु:खद खबर : कैलालीमा विईङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, ४ घाइते

उपचारको क्रममा ३ जनाको मृत्यु

सडक दुर्घटना

धनगढी : कैलालीमा शुक्रबार राति विङ्गर र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

कैलालीको गौरीगंगा नगरपालिका ४  राजिपुर स्थित पुर्व पश्चिम रार्जमार्गमा  पश्चिम बाट पुर्ब तर्फ गईरहेको  म १ ज ३१९ नम्बरको विईङ्गर र पुर्व बाट पश्चिम तर्फ आउदै गरेको से १ ह २५१० नम्बरको अटो राती करिब ११ बजे तिर एक आपसमा ठोकिई दुर्घटना हुदा अटोमा सवार ३ जनाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागी  सेति प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा घोडाघोडि नगरपालिक्व ९ का २४ वर्षीय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र  १९ वर्षीय जितेन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ बस्ने बर्ष २४ को  दिपेन्द्र चौधरी, सोही ठाउका अटो चालक  बर्ष २२को सुरेश चौधरी, बर्ष २० को असान्त चौधरी र बर्ष ३० को हरी चौधरी रहेका छन । घाइते चारैजनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

ठक्कर दिने विईङगरका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटना पछि फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका तीनै जनालाई तत्काल उपचारका लागि धनगढी ल्याईएको थियो । जसमध्ये दुई जनाको माया मेट्रो अस्पताल र एक जनाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार