आज र भोलि दिउँसाेभन्दा राति धेरै पानी पर्ने

मौसम मनसुनी वायु पश्चिमी क्षेत्र

काठमाण्डाै : आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार दिउँसाे भन्दा राति धेरै पानी पर्ने सम्भावना छ ।

आज र भोलि दिउँसाेको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् बासीको आग्रह छ । वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

भिरालो जमिन भएका ठाउँमा पहिरो जाने खतरा धेरै छ । यस्तै, नदी, खोल्सा आसपासका क्षेत्रमा पनि बाढीको जोखिम भएकाले सावधानी अपनाउन भनिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार