भरुवा बन्दुकसहित कैलालीमा एक युवक पक्राउ

भरुवा बन्दुक
फाइल तस्विर

धनगढी: कैलालीमा प्रहरीले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका–१० दमैराका २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

शुक्रबार राति अस्थायी प्रहरी पोस्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकलगायत साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको गोली आठ थान, गुलेली एक थान, रेन्ची एक थान, फलामको धुलो, केप बनाउने साँचो, सलाई एकथान, रबर डोरी एकथान र बारुदसहित पक्राउ गरेको बताएको छ।

चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार