धनगढी : नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति डडेल्धुराको सचिवमा बिपिन महर चयन भएका छन्।
डडेल्धुरामा सम्पन्न १० औँ जिल्ला सम्मेलनले महरलाई सचिवको जिम्मेवारी दिएको हो । महर २०६६ सालदेखि विद्यार्थी राजिनितिमा सक्रिय हुँदै आएका थिए ।
३५ सदस्यीय कमिटीको अध्यक्षमा चन्द्र सिंह ऐर, उपाध्यक्षमा चेतराज ओझा, तारा भट्ट र राम सिंह गुर्धामी, सह सचिवमा कल्यान बिक र करन धिक्त र कोषाध्यक्षको जिम्मेवारी सरस्वती पाललाई दिइएको छ ।