सुदूरको स्थायी राजधानी कैलालीको तेघरीमा भौतिक संरचना निर्माण गर्न राजनीतिक दलहरूको माग

मुख्यमन्त्री भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री सोडारीलाई ज्ञापनपत्र

सुदूरपश्चिमको राजधानी तेघरीमा भौतिक संरचना निर्माण गर्न माग

धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाउन राजनीतिक दलहरुले माग गरेका छन् ।

राजधानी घोषणा भएको तीन वर्षसम्म कुनै काम हुन नसकेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गर्दै बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

एकीकृत समाजवादीका जिल्ला सदस्य खम्म बुढा र माओवादी केन्द्रका जिल्ला सदस्य तथा गोदावरी नगर संयोजक धर्मसिह कुँवरले बुझाएको ज्ञापनपत्रमा अत्तरिया बसपार्कलाई प्रदेश स्तरीय बसपार्क बनाएर स्तरोन्नति तथा कालोपत्रेको काम अघि बढाउन पनि माग गरिएको छ ।

गोदावरी विकास बोर्ड गठन गरेर धार्मिक महत्व बोकेको गोदावरी क्षेत्रको विकास गर्न र गोदावरी नगरपालिका–६ को बिजौरादेखि बडैया जाने बाटो एसियाली विकास बैंकको लगानीमा भइरहेको सडकलाई स्थानीयको भावनाअनुसार निर्माण गर्न समेत माग उनीहरुले गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको भोगाधिकार प्राप्त नहुँदा प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका काम गर्न नसकिएको बताए । जग्गाको भोगाधिकारका लागि पठाएको प्रस्ताव तत्कालीन केपी ओली नेतृत्वको सरकारले ७ महिनादेखि थन्काएको दाबी गर्दै उनले जग्गा प्राप्ति हुनेबित्तिकै भौतिक संरचना निर्माणको काम थालिने जनाए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार