बैतडीमा मोटरसाईकललाई जीपले ठक्कर दिँदा तीन जना घाइते

बैतडीमा मोटरसाईकललाई जीपले ठक्कर दिँदा तीन जना घाइते
फाइल तस्बिर

बैतडी :  बैतडीमा मोटरसाईकललाई जीपले ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

जिल्लको दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ स्थित बेडौती भन्ने स्थानमा पाटनबाट खोडपेतर्फ आउदै गरेको से १ ज ६३४ नम्बरको जीपले बैतडीबाट पाटन तर्फ गइरहेको भे ७ प ४३४५ नम्बरको मोटरसाईकललाई  आज बिहान ९ः१५ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना र जिप चालक घाईते भएका हुन ।

घाइते हुनेमा मोटरसाईकल चालक पाटन ६ बस्ने ३६ वर्षीय उद्धब जोशी, मोटरसाईकलमा पछाडी सवार सोहि ठाँउका ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन १ का ज्ञानेन्द्र भट्टराई रहो छन् ।

इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरिक्षक राजेश शाहीका अनुसार मोटरसाईकल चालक जोसीको अवस्था गम्भिर रहेको जनाएको छ ।

उनलाई डडेल्धुरा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । मोटरसाईकल पछाडि सवार पन्तको डडेल्धुरामा उपचार भइरहेको छ । जीप चालक भट्टराईको भने पाटन प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार