नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी

सेवा करारमा जथाभावी कर्मचारी भर्ना गरिएको आरोप

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी

धनगढी : सेवा करारमा जथाभावी कर्मचारी भर्ना गरिएको भन्दै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । सेवा करारमा कार्यरत कर्मचारी र युवा संघ कैलालीले संयुक्त रुपमा सोमबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रादेशिक कार्यालयसहित प्राधिकरण मातहतका निकायमा सेवा करारमा कार्यरत यसअघिका कर्मचारीलाई जानकारी समेत नदिएर आर्थिक असुली गर्दै मनलाग्दी किसिमले भर्ना गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

धनगढी वितरण केन्द्रमा सेवा करारमा प्राविधिक हेल्परका रुपमा कार्यरत समिर खड्काले पुराना कर्मचारीलाई जानकारी समेत नदिएर विद्युत प्राधिकरण र निर्माण व्यवसायीले जथाभावी रुपमा कर्मचारी भर्ना गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

उनीहरुले कर्मचारीलाई भित्रै थुनेर बाहिरबाट ताला लगाएका थिए । प्राधिकरणका प्रमुखले छलफल गर्ने बताएपछि केही समयका लागि ताला खोलिएको र सहमति नभएपछि फेरि लगाउने उनीहरुले चेतावनी दिएका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार