ओली सरकारले नियुक्त गरेका स्काउट पदाधिकारी बर्खास्त

ओली सरकारले नियुक्त गरेका स्काउट पदाधिकारी बर्खास्त

काठमाडौं : सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ। मन्त्रीस्तरको बिहीवारको निर्णयानुसार लोकबहादुर भण्डारी संयोजक रहेको समिति खारेज गरिएको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ।

२०७५ पुस १६ गते छ महिनाभित्र महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने गरी गठन भएको तदर्थ समितिलाई जिम्मेवारी पूरा गर्न नसकेको भन्दै समिति खारेज गरिएको बताइएको छ।

नेकपा (एमाले) निकट संयोजक भण्डारी जेभियर्स इन्टरनेशनल कलेजका सञ्चालक हुन्। उनी संयोजक हुँदा देशभरका पालिकामा एमाले कार्यकर्तालाई स्काउटमा भर्ती गरेको भन्दै स्काउटको एउटा पक्ष आन्दोलित थियो। -पहिलो पोष्टबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार