धनगढी : अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा सम्पन्न भएको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) को उपाधि रमिला बोहराले हात पारेकी छन् ।
बैतडीको पुर्चौडी न.पा. ३ घर भएकी बोहराले सोमबार राजधानीको राष्ट्रिय नाचघर (जमल) मा आयोजित ग्राण्ड फिनालेमा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिजन १ को ताज जितेकी हुन् ।
उनले पचास हजार नगद र सिल्बर क्राउन पाएकी छन् । भने फस्ट रनर अप अप्सरा परियार र सेकेन्ड रनर अप सनम लिम्बू भएका छन् । उनीहरूले पनि क्रमशः नगद बिस हजार र दश हजार र सिल्बर क्राउन पाएकी छन् । -नमस्ते टाइम्सबाट