बैतडीको पुर्चौडीकी बोहराले जितिन ‘मिस फेस अफ नेपाल’ सिजन १ को उपाधि

बैतडीको पुर्चौडीकी बोहराले जितिन मिस फेस अफ नेपाल सिजन १ को उपाधि

धनगढी : अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा सम्पन्न भएको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) को उपाधि रमिला बोहराले हात पारेकी छन् ।

बैतडीको पुर्चौडी न.पा. ३ घर भएकी बोहराले सोमबार राजधानीको राष्ट्रिय नाचघर (जमल) मा आयोजित ग्राण्ड फिनालेमा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिजन १ को ताज जितेकी हुन् ।

उनले पचास हजार नगद र सिल्बर क्राउन पाएकी छन् । भने फस्ट रनर अप अप्सरा परियार र सेकेन्ड रनर अप सनम लिम्बू भएका छन् । उनीहरूले पनि क्रमशः नगद बिस हजार र दश हजार र सिल्बर क्राउन पाएकी छन् । -नमस्ते टाइम्सबाट

May be an image of ४ people and people standing

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार