कैलालीमा प्रहरीले मनाए कार्यालय प्रमुखबाट टिका थपेर दसैँ

कैलालीमा प्रहरीले मनाए कार्यालय प्रमुखबाट टिका थपेर दसैँ

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी अधिकारीहरुले  कार्यालय प्रमुखबाट टिका थपेर दसैँ मनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले विजया दशमी २०७८ को अवसरमा टिका तथा आशीर्वाद प्रदान गरेका हुन् ।

अधिकारीले नजिक घर भएका प्रहरी कर्मचारीलाई भने आलोपालो गरेर दसैँको टीका लगाउन घरमा पठाइएको र अधिकांश प्रहरीले कर्मथलोमै दसैँ मनाएको बताए ।

सो जानकारी दिँदै प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले नागरिकलाई सुरक्षा दिनु नै आफ्नो दसैँ भएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार