कञ्चनपुरमा पुरुष पत्रकारलाई सुत्केरी भत्ता

कञ्चनपुरमा पुरुष पत्रकारलाई सुत्केरी भत्ता

धनगढी : कञ्चनपुरबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले पुरुष पत्रकारलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता दिएको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ति दैनिकले पत्रकार मदन नेपालीलाई प्रोत्साहन स्वरुप नगद दुई हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिएको हो । जनक्रान्ति दैनिकका सह–सम्पादक पहिलाद रानाले असोज २५ गते नेपालीलाई सुत्केरी भत्ता वाफतको रकम हस्तान्तरण गरेका हुन् ।

जनक्रान्ति दैनिकका कार्यकारी सम्पादक मोहन बिष्टले संस्थामा आवद्ध पत्रकारको सामाजिक सुरक्षालाई ध्यान राखेर आर्थिक सहयोग गर्ने नीतिअनुसार नेपालीलाई प्रोत्साहन भत्ता दिइएको बताए । उनले संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीहरु विरामी हुँदा, दुर्घटनामा पर्दा तथा सुत्केरी अवस्थामा प्रोत्साहन भत्ता दिदै आएको बताए ।
सुत्केरी भत्ता बुझ्दै पत्रकार नेपालीले संस्थाले प्रोत्साहन भत्ता प्रदान गरेकोमा खुसी व्यक्त गरे । श्रमजीवीको सम्मान भएको अनुभुती पनि आफूले गरेको उनी बताउँछन् । उक्त रकमले आफू शिशु र आमालाई पोषिलो खानेखुरा खुवाउने नेपालीले बताए । भीमदत्त नगरपालिका–३ नयाँ तिलकपुरका नेपालीकी श्रीमती सम्झनाले पहिलो सन्तानका रुपमा गत असोज १९ गते महाकाली अस्पतालमा छोरीलाई जन्म दिएकी थिईन् ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार