बैतडी : बैतडीको सिगास गाउँपालिका ५ मा सेती नदी गाउँमै पसेपछि स्थानीयहरू टापुमा फसेका छन् ।
बाढीका कारण करिब एक सय भन्दा बढी नागरिक फसेको वडा न ५ का वडा अध्यक्ष राम बहादुर धामीले जानकारी दिए ।
धामीले प्रदेश प्रदेश सरकार सङ उद्धारको लागि पहल गर्न आग्रह गरिरहेको बताए । डोटी र बैतडी जोड्ने पुल समेत भत्किएको जनाइएको छ ।