धनगढी : बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रमा आइतबार रातिदेखि निरन्तर परिरहेको पानी ले वडा नम्बर ७ को दलित टोलमा पहिरोले एक घर पुरिएको छ भने पुरै टोल पहिरोको जोखिममा परेको छ।
सोमबार राति २ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय मदन लुहारको घर पहिरोमा परेर ध्वस्त भएको छ। मनोज लुहारको घर पहिरोमा पुरिँदा घरभित्र रहेको अन्नपात र सरसामान पुरै नष्ट भएको वडाध्यक्ष रामबहादुर ऐरले बताए।
पहिरोमा परेको परिवार तथा जोखिममा रहेका परिवारको सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाउने प्रयास भइरहेको वडाध्यक्ष ऐरले बताए।
दलित टोलका थप ९ घरसमेत पहिरोको उच्च जोखिममा रहेको र दलित बस्तीका ४२ घर परिवार नै पहिरोको कारण जोखिममा रहेको अध्यक्ष ऐरले बताए।