बैतडीको पुर्चौडी ७ मा पहिरोले एक घर भत्कियो, टोल नै जोखिममा

बैतडीको पुर्चौडीमा घर भाँसियो, पूरै बस्ती जोखिममा

धनगढी : बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रमा आइतबार रातिदेखि निरन्तर परिरहेको पानी ले वडा नम्बर ७ को दलित टोलमा पहिरोले एक घर पुरिएको छ भने पुरै टोल पहिरोको जोखिममा परेको छ।

सोमबार राति २ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय मदन लुहारको घर पहिरोमा परेर ध्वस्त भएको छ। मनोज लुहारको घर पहिरोमा पुरिँदा घरभित्र रहेको अन्नपात र सरसामान पुरै नष्ट भएको वडाध्यक्ष रामबहादुर ऐरले बताए।

पहिरोमा परेको परिवार तथा जोखिममा रहेका परिवारको सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाउने प्रयास भइरहेको वडाध्यक्ष ऐरले बताए।

दलित टोलका थप ९ घरसमेत पहिरोको उच्च जोखिममा रहेको  र दलित बस्तीका ४२ घर परिवार नै पहिरोको कारण जोखिममा रहेको अध्यक्ष ऐरले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार