काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा आयोजित “ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ–२०८३” कार्यक्रममा स्वास्थ्य सामाजिक अभियन्ता तथा दन्त स्वास्थ्यकर्मी सागर जोशी सम्मानित भएका छन्।
वर्ल्ड वाइड मिडियाद्वारा प्रदान गरिएको विशेष सम्मानपत्रमा जोशीले स्वास्थ्य सेवा, समाजसेवा, सञ्चार क्षेत्र तथा सामाजिक जागरणमार्फत समाजमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गरिएको छ।
चिरायु डेन्ट केयर, थापागाउँ–बानेश्वरका सञ्चालक जोशीले गुणस्तरीय दन्त स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व तथा जनचेतनामूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गरिएको छ।
वरिष्ठ लोकगायक कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा समाजसेवी रामकृष्ण श्रेष्ठको सक्रियतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, उद्यमी, सामाजिक अभियन्ता तथा ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा चर्चित गायक चेतन राई,सपन श्रेष्ठ मल्टी ब्यान्ड लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।





