धनगढी : आज नेपालीहरूको दोस्रो ठुलो चाड तिहार, कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा हिजो साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनासँगै दीपावली गरी देशभर लक्ष्मीपूजा मनाइएको छ ।
दीपावलीका अवसरमा सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरू क्रमशः मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र धनगढी उप-महानगरपालिकाको कार्यालय लगायत धनगढीमा घर, कार्यालयसँगै गाउँ बस्ती झिलिमिली भएको छ ।
यो रङ्गीचङ्गी र झिलिमिलीमा जताततै कृत्रिम मैन बत्ती र कृत्रिम मालाले प्राथमिकता पाएको देखिन्छ । प्राकृतिक फूल माला र दियो बत्ती भने विस्थापित भएजस्तै देखिएको छ । वाकी तस्बिरमा…