बैतडी : बैतडीको सुर्नया गाउँपालिका ४ बिकुलमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
खर काट्ने क्रममा सोमबार दिउँसो एकबजेतिर गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर ४२ वर्षीया तुलसी कुँवरको मृत्यु भएको उनका आफन्त प्रेम सिह कुवँरले जानकारी दिए ।
भीरबाट लडेकी कुँवरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक कुँवरका दुई छोरा एक छोरी छन् । उनका श्रीमान रोजगारीको सिलसिलामा भारत छन् । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर वर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।