बैतडीको सुर्नयामा भिरबाट लडेर एक महिलाको मृत्यु

भिरबाट लडेर
प्रतिकारात्मक तस्बिर

बैतडी : बैतडीको सुर्नया गाउँपालिका ४ बिकुलमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

खर काट्ने क्रममा सोमबार दिउँसो एकबजेतिर गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर ४२ वर्षीया तुलसी कुँवरको मृत्यु भएको उनका आफन्त प्रेम सिह कुवँरले जानकारी दिए ।

भीरबाट लडेकी कुँवरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक कुँवरका दुई छोरा एक छोरी छन् । उनका श्रीमान रोजगारीको सिलसिलामा भारत छन् । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर वर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार