SKIP THIS

S.P.A  Collage

गण्डकी प्रदेश प्रमुख भट्टलाई गृहनगरमा भव्य नागरिक अभिनन्दन

गण्डकी प्रदेश प्रमुख भट्टलाई गृहनगरमा भव्य नागरिक अभिनन्दन

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई डोटीको जोरायलमा नागरिक अभिनन्दन गरिएको छ । प्रदेश प्रमुख नियुक्तिपछि पहिलोपटक गृहनगर पुगेका भट्टलाई जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुना बोहराले जोरायल गाउँपालिकाबासीको तर्फबाट दोसल्ला, खादा तथा अभिनन्दन पत्र अर्पण गरेर अभिनन्दन गर्नुभएको हो ।

नागरिक अभिनन्दन अघि स्थानीयबासीले प्रदेश प्रमुख भट्टलाई विभिन्न झाँकी तथा खादा माला सहित रावतकट्टेमा स्वागत गरेका थिए ।

स्थानीय जोरायल गाउँपालिका वडा नं. ३ रावतकट्टे स्थित रत्न आधारभूत विद्यालयको प्राङ्गणमा आयोजना गरिएको समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले जोरायल गाउँपालिकाबासीले आफूलाई प्रदान गरेको यति धेरै माया र सम्मानको लागि आभार प्रकट गर्नुभयो ।

आफूले जीवनको महत्वपूर्ण समय जोरायलवासी दाजुभाई तथा दिदी बहिनीहरुसँगै बिताएको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले जोरायलबासीको साथ र सहयोगले नै आफू राज्यको महत्वपूर्ण पदमा पुग्न सफल भएको बताउनुभयो ।

आफू जिम्मेवारीको हैसियतले गण्डकी प्रदेशको प्रमुख भएपनि जोरायलको विकास र समृद्धिमा आफ्नो सधैं साथ र सहयोग रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जीवनको महत्वपूर्ण समय राजनीति तथा समाजसेवामा बिताउनुभएका भट्टलाई ढिलै भएपनि राज्यले सम्मान गरेको बताउनुभयो ।

प्रदेश प्रमुख भट्ट जोरायल गाउँपालिकाबासीको अभिभावक रहेको बताउँदै गाउँबासीको तर्फबाट सम्मान तथा अभिनन्दन गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।

जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले जीवनमा सधैं त्याग र निष्ठाको राजनीति गर्नुभएका भट्टलाई राज्यले गरेको सम्मानले जोरायल गाउँपालिकाबासीलाई हर्षित बनाएको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य कृपासिंह राना लगायतले बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार