सुदूरपश्चिमका भट्ट गण्डकी प्रदेश सम्हाल्दै

सुदूरपश्चिमका भट्ट गण्डकी प्रदेश सम्हाल्दै

पोखरा : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

‘प्रदेश प्रमुखको पदमा रहुञ्जेलसम्म इमानदार बन्ने बाचा गर्न चाहन्छु । कानूनको रक्षा गर्दा सबैबाट सहयोग हुने अपेक्षा गरेको छ । गण्डकी प्रदेशको उन्नति, प्रगतीलो कामना गर्दछु’, उनले भने ।

मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । भट्ट गण्डकीका पाँचौं प्रदेश प्रमुख हुन् । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार