उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको ‘अदभूत माया’ रिलिज  (भिडियो )

उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको 'अदभूत माया' रिलिज  (भिडियो )

नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ‘स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत ‘अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ ।

मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा ‘स्माइल’ सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन ।

गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त ‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार