धनगढी : नेपाली काँग्रेस कैलाली क्षेत्र नं ५ को (ख) प्रदेशसभा प्रतिनिधि पदमा वरिष्ठ सर्जन डाक्टर मेराज आलम अन्सारी निर्वाचित भएका छन्। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आइतबार भएको प्रदेशसभा प्रतिनिधि पदमा कैलाली क्षेत्र नं ५ को (ख) मा डाक्टर मेराज आलम अन्सारी विजयी भएका हुन् ।
कैलाली क्षेत्र नं. ५ (ख) बाट प्रदेश सभा मुस्लिम, मधेसी, जनजाति पदमा डा. मेराज आलम अन्सारी र रमण चन्द श्रेष्ठले प्रदेशसभा प्रतिनिधि पदका लागी उम्मेदवारी दर्ता गराएका थिए ।
जम्मा २७९ खसेका मतमध्ये डाक्टर मेराज अन्सारीले १८३ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी रमण चन्द श्रेष्ठले ७९ मत मात्रै पाएका थिए । जसमध्ये १७ मत बदर भएको जनाइएको छ।
साथै डाक्टर मेराज अन्सारीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं ५ को (ख) प्रदेशसभा प्रतिनिधि पदमा आफूलाई अमूल्य मतदान गरी अत्यधिक बहुमतका साथ विजय गराएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।