धनगढी : मिसन अम्बेडकर नेपालको समन्वयमा कैलालीका एक सय परिवारलाई राहत वितरण गरिएको छ । टिकापुर नगरपालिका ८ सत्तीमा रहेका विपन्न परिवार लाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
सोमबार राजकीय लुम्बिनी बुद्ध विहारका भिक्षु सागर धँम्बको सहकार्यमा राहात सामाग्री वितरण गरिएको हो । सत्ती मा रहेका सामाजिक आर्थिक क्षेत्रमा पछि परेको बादी समुदाय लगायत अन्य नागरिक लाई समेत वितरण गरिएको मिसन अम्बेडर नेपालका अध्यक्ष मनोज जैगडीले बताए ।