पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीजयन्तीका अवसरमा भोलि सिंहदरबार जाने

पूर्वराजा ज्ञानेन्द्र
प्रकाशित : :

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीजयन्तीका अवसरमा भोलि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

पहिलोपटक सिंहदरबारको मुल गेटअघि रहेको पृथ्वीनारायण शाहको शालिकमा ज्ञानेन्द्रले माल्यार्पण गर्न लागेका हुन् ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार भोलि मध्यान्ह साढे १२ बजे पूर्वराजा सिंहदरबारअगाडि पुग्ने कार्यक्रम छ ।
भोलि पृथ्वीनारायाण शाहको ३००औं जन्मजयन्ती मनाइँदै छ । सरकारले पृथ्वीजयन्तीमा अहिलेसम्म सार्वजनिक बिदाको घोषणा गरेको छैन ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट