पृथ्वी जयन्तीमा कुश्मा नगरपालिकाले दियो सार्वजनिक बिदा

सार्वजनिक बिदा

पोखरा : पृथ्वी जयन्तीको अवसरमा पवर्तको कुश्मा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते कुश्मा नगरपालिकाले नगरमा बिदा दिने निर्णय गरेको हो ।

“राष्ट्रिय एकता दिवसका अवसरमा यही मिति २०७८/०९/२७ गते कुश्मा नगरपालिका नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा सवै शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ, “सञ्चालनमा रहेका विद्यालय तहका परीक्षा कार्यक्रमहरु यथावत सञ्चालन हुनेछन् ।”

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी नेपाली कांग्रेस गण्डकीका सहमहामन्त्री हुन् ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार