धनगढी : प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कृष्ण ओलीको नेतृत्वमा नयाँ समिति गठन भएको छ। शनिबार धनगढीमा भएको अधिवेशनबाट चौतारीको नयाँ टिम चयन भएको हो ।
सर्वसम्मत रुपमा ओलीको नेतृत्वमा उपाध्यक्षमा लिली कुवर र हरिशचन्द्र बाघ चयन भएका छन् । भने महासचिवमा शिवराज भट्ट चयन भएका छन्।
यस्तै सचिवमा नरेन्द्र कार्की र रामचन्द्र कुश्मी चयन भएका छन् । ५१ सदस्यीय कमिटीको कोषाध्यक्षमा चन्द्र थापा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा शिव ओली, दिर्घ खत्री, रामसिंह धामी, जीवन विष्ट, विराज रोस्यारा, हरी तिवारी, ध्रुव ओझा लगायतका रहेका छन् ।