धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी २२ गते सुदूरपश्चिम आउने भएका छन् ।
स्थानीय तह निर्वाचनको चुनावी आमसभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् ।
२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभा हुने भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ।
कैलालीको बर्दगोरिया वा लम्की चुहा मध्य एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ।