त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका गरिएको छ । विमानस्थलमा शंकास्पद वस्तु रहेको सूचना आएपछि अहिले आन्तरिक टर्मिनलका उडानहरू रोकिएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले शंकास्पद वस्तु रहेको सूचना पाइएपछि अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको जानकारी दिए ।
उनका अनुसार अहिले अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ । उनले भने,’हामीलाई बाहिरबाट कसैले फोनमार्फत शंकास्पद वस्तु रहेको सूचना दिए । त्यसपछि हामीले अनुसन्धान गरिरहेका छौँ ।’