त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, अनुसन्धान जारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका गरिएको छ । विमानस्थलमा शंकास्पद वस्तु रहेको सूचना आएपछि अहिले आन्तरिक टर्मिनलका उडानहरू रोकिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले शंकास्पद वस्तु रहेको सूचना पाइएपछि अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको जानकारी दिए ।

उनका अनुसार अहिले अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ । उनले भने,’हामीलाई बाहिरबाट कसैले फोनमार्फत शंकास्पद वस्तु रहेको सूचना दिए । त्यसपछि हामीले अनुसन्धान गरिरहेका छौँ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार